Aadarsh-Daily

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई २१ वर्ष जेल सजाय, छोरा–छोरीलाई पनि कैद

ad-4p

बंगलादेशको ढाकास्थित विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचार र षड्यन्त्रसम्बन्धी ३ वटा धोखाधडी मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ। प्रत्येक मुद्दामा ७–७ वर्षको कैद तोकिएको छ।

content ad p2
content left

अदालत विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्लाह अल मामुनले यो फैसला सुनाएका हुन्। हसिनाका छोरा सजीब वाजेद जोयलाई ५ वर्षको कैद र एक लाख टाका जरिवाना तोकिएको छ भने छोरी साइमा वाजेद पुतुललाई पनि ५ वर्षको जेल सजाय सुनाइएको छ। बाँकी ३ मुद्दाको फैसला आगामी डिसेम्बर १ मा सुनाइने छ।

बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी)ले गत जनवरीमा हसिना र उनका परिवारका सदस्यहरूलाई पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको आरोपमा ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।

यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले सन् २०२४ जुलाईमा शेख हसिनालाई सरकार विरोधी आन्दोलन दमनको क्रममा मानवता विरुद्ध अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको थियो । आईसीटीले उक्त घटनामा मानवअधिकार उल्लंघन भएको बताउँदै कडा कारबाही गरेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily