Aadarsh-Daily

मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवद्वारा जसपा परित्याग

ad-4p

जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी छोडेका छन्। मधेसी दलहरूबाट मधेसको विकास र अधिकारको सुनिश्चितता सम्भव नभएको भन्दै यादवले जसपाको अध्यक्ष तथा साधारण सदस्यको दुवै पदबाट राजीनामा दिएका हुन्।

content ad p2
content left

बिहीबार अध्यक्ष अशोक राईलाई पठाएको राजीनामामा यादवले भनेका छन्, “मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गर्दा जेल, थुना र मुद्दा भोगेँ । तर अहिलेको राजनीतिक परिस्थितिमा मधेसको विकास र अधिकार मधेस केन्द्रित दलबाट सम्भव नदेखेर आजैदेखि पार्टीको सबै जिम्मेवारी र सदस्यता छोड्दछु।”

यादवले अब प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने पनि जानकारी दिएका छन्। केही महिना अघि यादव सर्लाहीका तत्कालीन प्रहरी उपरीक्षकसँग चर्काचर्की गर्दै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि चर्चामा आएका थिए र सो प्रकरणमा उनी पक्राउ समेत परेका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily