
प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनाव शान्तिपूर्ण, सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेनालाई स्पष्ट निर्देशन दिएकी छन ।

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय पुगेर निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सेनालाई सबै राजनीतिक दलका गतिविधिलाई विना अवरोध सञ्चालन हुने वातावरण सुनिश्चित गर्न र नागरिकको ज्यान जोखिममा नपर्ने खालको सुरक्षा व्यवस्था बनाउन निर्देशन दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै, अघिल्ला चुनावको अनुभव र आगामी चुनावको अवस्था विश्लेषण गरेर सबै सुरक्षा निकायसँग समन्वय गर्दै त्रुटिरहित सुरक्षा व्यवस्था गर्न पनि आदेश दिए । हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव सुरक्षा सुनिश्चित गर्न सेना परिचालनको स्वीकृति दिएका थिए ।

