Aadarsh-Daily

गाजामा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७० हजार नाघ्याे

ad-4p

गाजामा इजरायलको सैन्य कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ७० हजार जना नाघेको छ ।

content ad p2

प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ७० हजार १ सय पुगेको छ । यसमध्ये ३ सय ५० जनाभन्दा धेरै अक्टोबर १० मा भएको युद्धविरामपछि मारिएका हुन् ।

content left

गएको अक्टोबर १० मा इजरायल र हमासबीच युद्धविराम भए पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको बीबीसीले जनाएको छ । इजरायलले युद्धविराम उल्लङ्घनको जवाफमा धेरै हवाई आक्रमण गरेको बताएको छ । अझै पनि धेरै शवहरू भग्नावशेषबाट निकाल्ने काम भइरहेको बीबीसीले खबरमा उल्लेख गरेको छ ।

हिजो इजरायली ड्रोन आक्रमणमा मारिएकाहरूमा दुई दाजुभाइ फादी र जुमा अबु असी पनि थिए । उनीहरूका परिवारले दाउरा सङ्कलन गर्ने क्रममा दाजुभाइ मारिएका बताएका छन् ।

इजरायली रक्षा बल (आईडीएफ) ले भने उनीहरूले ‘पहेँलो रेखा’ पार गरेको बताएको छ । यो रेखाले सात हप्ताभन्दा धेरै समयअघि अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि इजरायली सेना फिर्ता हुन सहमत भएको विन्दुलाई सङ्केत गर्दछ ।

सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजरायली भूमिमा पुगेर आक्रमण गरी १ हजार २ सय जनाको हत्या र साढे २ सय जनाभन्दा धेरैको अपहरण गरेपछि इजरायलले गाजामा आक्रमण थालेको हो । इजरायली आक्रमणबाट गाजा शहर खण्डहर बनेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily