Aadarsh-Daily

भारतले गण्डक नहरबाट हिउँदे पानी दिन नसक्ने

ad-4p

पर्सा, बारा र रौतहटका हजारौँ किसान अहिले गम्भीर संकटमा छन्। यस वर्ष भारतले गण्डक नहरमा हिउँदे सिँचाइका लागि पानी दिन नसक्ने जानकारी दिएको छ। नहर मर्मत तथा सफाइको बहाना देखाउँदै भारतीय पक्षले पानी पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको छ।

content ad p2

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकारी तथा इन्जिनियर सुरेशप्रसाद साहका अनुसार, भारतको बिहारस्थित रामनगर नहर कार्यालयले माथिल्लो कार्यालय बेतियालाई पठाएको पत्र नेपालतर्फ प्राप्त भएको छ। पत्रमा भनिएको छ कि “ठेकेदारमार्फत नहरको ठूलो मर्मत तथा सफाइ हुने भएकाले हिउँदमा पानी छोड्न नसकिने”।

गण्डक सम्झौताअनुसार भारतीय पक्षले प्रत्येक वर्ष पुस १५ गतेदेखि कम्तीमा ८५० क्युसेक पानी छोड्नुपर्छ। तर, यस वर्ष मर्मतको बहाना देखाउँदै पानी पुरै बन्द हुने तयारी भएको छ। हाल नहरमा रहेको पुरानो पानी पनि सुकिसकेको छ।

content left

गण्डक नहर प्रणालीमा पर्सा, बारा र रौतहटका करिब ३७ हजार ४ सय हेक्टर खेतीयोग्य जमिन आश्रित छन्। पर्सामा १६ हजार हेक्टर, बारामा ९ हजार हेक्टर र बाँकी रौतहटमा रहेको छ। किसानहरूले पानी नआए गहुँको उत्पादनमा ३०–५० प्रतिशतसम्म कमी आउन सक्ने बताएका छन्।

नहर भारतमा ९२ किलोमिटर यात्रा गरी नेपालमा पर्साको जगरनाथपुर गाउँपालिकामा प्रवेश गर्छ। नेपालतर्फ ८१ किलोमिटर लामो यो नहर १५ ब्लकमा विभाजित छ र अन्ततः रौतहटको बागमती नदीमा मिसिन्छ।

किसानहरूले यसअघि पनि नियमित मर्मत नगर्दा पानी नपुग्ने समस्या आइरहेको गुनासो गरिसकेका छन्। यस वर्ष पूरै पानी बन्द भए गहुँ बाली धरापमा पर्न सक्ने खतरा रहेको छ।

सिँचाइ कार्यालयले नेपाल सरकारको सिँचाइ तथा जलस्रोत मन्त्रालय र भारतीय दूतावासमार्फत कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily