Aadarsh-Daily

दिउँसो २ बजे विश्वासको मत लिन मुख्यमन्त्री यादव तयार

ad-4p

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज दिउँसो २ बजे विश्वासको मत लिनुहुने भएको छ। प्रदेशसभा सचिवालयले बिहान साढे ८ बजे बैठक बोलाए पनि मुख्यमन्त्री तथा एमाले सांसदहरू उपस्थित नभएपछि बैठक उपसभामुखले सारेर दिउँसो २ बजे तय गरिएको हो।

content ad p2
content left

सर्वोच्च अदालतले सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो। मुख्यमन्त्री यादवले परमादेशको पत्र हिजो दिउँसो मात्र प्राप्त भएको भन्दै त्यसपछि सचिवालयलाई पत्र पठाएका थिए।

यादवको नियुक्तिमाथि ७४ सांसदले रिट दायर गरेपछि उत्पन्न विवादले मधेशको सत्ता समीकरण अझ जटिल बन्दै गएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily