Aadarsh-Daily

पर्सामा जसपाको धर्ना: प्रतिनिधित्व, समावेशिता र राज्य संरचनामा सुधारको माग

ad-4p

जनता समाजवादी पार्टी नेपाल, पर्साले आइतबार समान जनसङ्ख्याको आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। धर्ना बिहान साढे ११ बजे सुरू भई दिउँसो ३ बजेसम्म चलेको थियो।

content ad p2

पार्टी अध्यक्ष रामनरेश यादवका अनुसार धर्नामा संविधान संशोधन, निर्वाचन प्रणालीको पुनरावलोकन र राज्य पुनःसंरचना उच्चस्तरीय आयोग–२०६८ को प्रतिवेदनअनुसार १०+१ संरचना लागू गर्नुपर्ने प्रमुख माग रहेका छन्। उनीहरूले हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व र समान जनसङ्ख्यामा आधारित निर्वाचन क्षेत्र कायम नगर्दा प्रतिनिधित्व असन्तुलित भएको बताउनुभयो।

content left

धर्नामा दलित र महिलाका लागि छुट्टै आरक्षित क्षेत्र, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र संसदमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ।

त्यस्तै, जसपाले जेनजी आन्दोलनका न्यायोचित मुद्दा सम्बोधन, आन्दोलनको क्रममा भएको दमन र हिंसाको छानबिन, अल्पसङ्ख्यक समुदायका लागि स्वायत्त तथा संरक्षित क्षेत्र, सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षामा व्यावसायीकरण अन्त्य, कृषि व्यवसायीकरण, युवा रोजगारी, बेरोजगारी भत्ता र रासन कार्ड व्यवस्थापन जस्ता मागसमेत ३५ बुँदामा अघि सारेको छ।

धर्नामा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, शशीकपूर मियाँ, करिमा बेगम, घनश्याम गुप्तासहित पार्टीका स्थानीय नेताहरूको उपस्थिति रहेको जसपा नेपाल पर्साले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily