Aadarsh-Daily

सरकारद्वारा ‘जेनजी घाइते राहत सहायता कार्यविधि–२०८२’ स्वीकृत

ad-4p

सरकारले नवयुवा (जेनजी) प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घाइते तथा अपाङ्ग भएकाहरूलाई राहत उपलब्ध गराउन ‘जेनजी घाइते राहत सहायता कार्यविधि–२०८२’ स्वीकृत गर्ने निर्णय गरेको हो।

content ad p2
content left

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त कार्यविधिमार्फत प्रभावित युवाहरूलाई आवश्यक सहयोग, उपचार, रोजगारी तथा अन्य सहायताको व्यवस्था मिलाइने बताउनुभयो।

यस्तै, बैठकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily