Aadarsh-Daily

विभिन्न दल परित्याग गर्दै १०० भन्दा बढी नेता–कार्यकर्ता जन अधिकार पार्टीमा प्रवेश

ad-4p

जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न दल परित्याग गर्दै करिब १०० जना जागरूक जेन्जी, युवा तथा महिला नेता–कार्यकर्ता जन अधिकार पार्टीमा प्रवेश गरेका छन्।

content ad p2
content left

पार्टी प्रवेश गर्नेमा जनमत पार्टीका क्षेत्रीय तथा महानगर तहका पदाधिकारी, युवा संगठनका नेता र महिला प्रतिनिधिहरू उल्लेख्य संख्यामा रहेका छन्। प्रवेश गर्ने प्रमुख नेताहरूमा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष गगन देव यादव, क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष देव यादव, महानगर उपाध्यक्ष केदार पटेल, महानगर सचिव लोकेश कर्ण, जसपा नेपालकी महानगर महिला उपाध्यक्ष शारदा देवी, जीराभवानी गाउँपालिका अध्यक्ष रेणु यादव, वडा नं. २४ का इकाई अध्यक्ष विजेन्द्र यादव, जगरनाथपुर गाउँपालिकाकी महिला उपाध्यक्ष रामरति देवीलगायत छन्।

यस्तै, युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादव, बरिष्ठ उपाध्यक्ष धिरेन्द्र पंजियार, उपाध्यक्ष साजन सिंह, कोषाध्यक्ष सीकेन्द्र राम, महानगर युवा जनमत संघका अध्यक्ष संजय सिंह, बरिष्ठ उपाध्यक्ष संजय सराफ, उपाध्यक्षहरू संजय साह र राजन गुप्ता तथा इञ्जिनियर विशाल कुमार गुप्ताको पनि जन अधिकार पार्टीमा प्रवेश भएको छ।

पार्टीले विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका युवाहरू, महिला तथा सामाजिक रूपमा सक्रिय व्यक्तिहरूको प्रवेशले संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। नवप्रवेशीहरूले जनअधिकार, सुशासन र समावेशी राजनीतिका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily