Aadarsh-Daily

रामेछापका शुभराज श्रेष्ठ पर्सामा लागुऔषध गाँजासहित पक्राउ

ad-4p

पर्सा प्रहरीले लागुऔषध गाँजासहित रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय शुभराज श्रेष्ठलाई पक्राउ गरेको छ।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अलौबाट कोनियातर्फ जाँदै गरेको बा २१ च ७८५५ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा गाडी भित्र परालले छोपेर राखिएको १२ वटा पोका गाँजासहित १७६ किलो गाँजा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतका अनुसार पक्राउ परेका श्रेष्ठमाथि आवश्यक अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily