Aadarsh-Daily

सिर्सिया नदी बचाउन युवाको फरक दबाब

ad-4p

औद्योगिक फोहोरका कारण तीन दशकदेखि प्रदूषित बनेको सिर्सिया नदी जोगाउन वीरगञ्जका युवाहरूले अनौठो अभियान सुरु गरेका छन्। युवाहरूले नदीको कालो र दुर्गन्धित पानी बोतलमा भरेर सरकारी कार्यालय र नेताहरूका घरसम्म पुर्‍याउँदै प्रदूषणको यथार्थ देखाउन थालेका हुन्।

content ad p2
content left

पर्सा–बारा औद्योगिक कोरिडोरका दर्जनौँ उद्योगले रसायनयुक्त फोहोर नदीमा फाल्दा सिर्सिया ‘मृत नदी’ जस्तै बनेको छ, जसको असर नदी किनारका गाउँबस्ती र पशुपन्छीमा परेको छ। महानगरपालिकाको प्रयास प्रभावकारी नबनेपछि जेन–जी पुस्ताका करिब ३० युवा स्वतःस्फूर्त रूपमा अभियानमा उत्रिएका हुन्।

अभियानका अगुवा किसु सर्राफका अनुसार शनिबार रानीघाटबाट संकलन गरिएको फोहोर पानी २० बोतलमा भरेर जिल्ला प्रशासन र महानगरपालिकामा बुझाइएको छ। आगामी दिनमा पूर्वमन्त्री, सांसद र उद्योग क्षेत्रसम्म पनि यस्तो दबाब कार्यक्रम विस्तार गरिने जनाइएको छ।

वीरगञ्जको ‘लाइफलाइन’ मानिने सिर्सिया नदी संरक्षणका लागि यो रचनात्मक विरोधले सरकारी निकाय र उद्योगलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily