Aadarsh-Daily

बारा–४ प्रतिनिधि सभा सदस्यमा एमालेद्वारा तीन उम्मेदवार सिफारिस, अमर यादव पहिलो नम्बरमा

ad-4p
content left

बारा । बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीको सम्बन्धित कमिटीको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा प्रस्ताव नम्बर १ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्ने विषयमा छलफल गर्दै तीन जनाको नाम सिफारिस गरिएको जनाइएको छ।
सिफारिस सूचीको पहिलो नम्बरमा मधेश प्रदेश कमिटी सदस्य अमर यादवको नाम रहेको छ। उनी परवानीपुर गाउँपालिका–३ का स्थायी निवासी हुन्।
त्यसैगरी, एमाले केन्द्रीय कमिटी सदस्य कृष्णा कुमार श्रेष्ठ पनि सिफारिसमा परेका छन्। उनको निवास उपमहानगरपालिका–४ मा रहेको छ।
यस्तै, एमाले प्रदेश कमिटी सदस्य सिता गुरुङको नाम पनि प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको छ। उनी जिल्ला समन्वय उपमहानगरपालिका–२१ की निवासी हुन्।
बैठकमा उम्मेदवार सिफारिसका साथै पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको पार्टी स्रोतले जनाएको छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily