Aadarsh-Daily

महिला नेतृत्वमाथि राजनीतिक अपमान: बारा–३ को उम्मेदवार छनोट बहिष्कार गर्ने ज्वाला साहको घोषणा

ad-4p

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले गरेको उम्मेदवार सिफारिस प्रक्रिया अहिले विवादको केन्द्रमा पुगेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र समावेशितामाथि ठाडो प्रहार गर्दै गरिएको उम्मेदवार छनोटले एमालेको संगठनात्मक चरित्रमाथि नै प्रश्नचिन्ह खडा गरेको छ।

content ad p2

नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य, पूर्व मन्त्री तथा निवर्तमान सांसद ज्वाला साहले उम्मेदवार सिफारिस प्रक्रिया बलजफ्ती, प्रतिशोध र सीमित गुटको दबाबमा गरिएको गम्भीर आरोप लगाएकी छन। शनिबार ईक्रान्ति खबरसँग कुरा गर्दै साहले भनिन “स्थानीय तहदेखि क्षेत्रीय तहसम्मका कार्यकर्ताको मत, छलफल र सहमति पूर्ण रूपमा बेवास्ता गर्दै गुपचुप तरिकाले उम्मेदवार सिफारिस गरिएको छ, जुन पार्टी विधान र मर्म दुवैको अपमान हो।”

साहका अनुसार बारा–३ को उम्मेदवार सिफारिसका लागि बसेको क्षेत्रीय समन्वय समितिको बैठकमा गम्भीर विवाद उत्पन्न भएको थियो। बैठकबाट ७जना उम्मेदवारको नाम प्रस्ताव गरिएको थियो तर विशेषगरी माओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेका नेताहरूलाई उम्मेदवार बनाउन नहुने र एमालेका पुराना नेताहरूमध्येबाट मात्र नाम सिफारिस हुनुपर्ने अडानले बैठक तनावग्रस्त बनेको थियो। “विवाद समाधान नगरी सहमतिमा पुग्ने अवस्था नरहेपछि बैठक स्थगित गर्ने कुरा चल्यो अनि आफु घर फर्किन लागेपछि केही कथित नेताहरूले आयोजकलाई बन्दक बनाई आफु खुशी, प्रतिशोध र बलजफ्तीका आधारमा उम्मेदवार सिफारिस गरेकाे बताइन।

महिला नेत्री साहले नेकपा एमालेको केन्द्रीय कमिटीले निर्वाचन प्रकृयालाई तार्किक गर्दै उम्मेदवारको लागि सहमतिबाट नै नाम सिफारिस गर्नुपर्ने पार्टीको सर्कुलर रहेको भन्दै यो निर्णय वैधानिक हुँदैन र आफु पार्टीको बिधान अनुसार अगाडि बढने बताएकी हुन ।

ज्वाला साहको आरोप केवल प्रक्रियागत त्रुटिमा सीमित होइन, उनले महिला नेतृत्व, योगदान र संगठनात्मक मूल्यांकनलाई योजनाबद्ध रूपमा कमजोर बनाइएको बताउँदै भनिन “पार्टीभित्र प्रतिस्पर्धा, समावेशिता र पारदर्शिता हुनुपर्छ। तर बारा–३ मा महिलाको योगदानलाई जानाजानी ओझेलमा पारियो। यो केवल उम्मेदवार चयन होइन, महिला नेतृत्वमाथिको राजनीतिक अपमान रहेको धारणा राखेकी हुन ।

content left

महिला नेत्री साहले पार्टी भित्र गुटबन्दी गरी रहेका कथित नेताहरूलाई कडा चेतावनी दिँदै स्पष्ट शब्दमा भनिन “गुपचुप तरिकाले पार्टी चल्दैन। प्रतिस्पर्धा नै गर्नु छ भने खुला रूपमा आउनुहोस म प्रतिस्पर्धा गर्न तयार छु, भने चुनौती समेत दिएकी हुन ।

मतदानलाई गलत र अस्वीकार्य भन्दै बारा–३ को उम्मेदवारी छनोट प्रक्रिया बहिष्कार गर्ने घोषणा समेत गरेकी छन। उनका अनुसार जिल्लास्तरीय नेतृत्वको यस्तो गैरजिम्मेवार क्रियाकलापले सिंगो पार्टीपंक्तिमा निराशा र खलल पुर्याउने काम मात्र गरेको टिप्पणी गरेकी हुन ।

यो विवादले एमालेभित्र गहिरिँदै गएको गुटबन्दी, शक्ति संघर्ष र नेतृत्व कब्जाको वास्तविकता सतहमा ल्याएको छ। कार्यकर्ताको मतभन्दा ‘लाइन’ र ‘लबी’ हावी हुने प्रवृत्तिले पार्टीको जनाधार कमजोर बनाउने खतरा बढ्दै गएको देखिएको छ।

यस विषयमा विवाद चर्किँदै गएपछि केन्द्र वा प्रदेश तहबाट छानबिन समिति गठन हुने वा पुनः छलफल हुने सम्भावना बढेको छ।

यता देशकै कुनै जिल्लाबाट मतदान प्रकृयाले नेकपा एमालेको उम्मेदवार छनोट गरीएको देखिएको छैन ।

स्थानीय कार्यकर्ताहरूबीच बढ्दो असन्तोषले बारा–३ को उम्मेदवार सिफारिस केवल एक क्षेत्रको विषय नभई नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्र जोगिएको छ कि समाप्त हुँदैछ भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily