Aadarsh-Daily

एमालेबाट प्रदीप यादव र रिमा कुमारी यादवको उम्मेदवारी दर्ता

ad-4p

वीरगञ्ज । नेकपा एमालेको तर्फबाट प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट तथा रिमा कुमारी यादव ले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

content ad p2
content left

उनीहरू दलबलसहित जुलुस निकाल्दै जिल्ला समन्वय समिति पर्सास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका क्रममा एमालेका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

२९ वर्षीया रिमा कुमारी यादव पर्सा जिल्लाकै सबैभन्दा कम उमेरकी महिला उम्मेदवार बनेकी छन्। उनको उम्मेदवारीले युवा तथा महिलाको राजनीतिक सहभागितालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

एमालेले संगठनात्मक शक्ति र जनसमर्थनका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने दाबी गरेको छ। आगामी दिनमा चुनावी गतिविधि थप तीव्र हुँदै जाने देखिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily