Aadarsh-Daily

पर्सा–२ प्रतिनिधि सभा सदस्यमा एमालेद्वारा तीन उम्मेदवार सिफारिस, पूर्व मन्त्री राजकुमार गुप्ता प्रमुख दावेदार

ad-4p
content left

पर्सा । पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय कमिटीको बैठकबाट उक्त नामहरू सिफारिस गरिएको हो।
क्षेत्रीय कमिटीको बैठकमा प्रस्ताव अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्ने विषयमा विस्तृत छलफल गर्दै तीन जनाको नाम टुंगो लगाइएको पार्टी स्रोतले जनाएको छ।
सिफारिस सूचीमा पूर्व मन्त्री राजकुमार गुप्ताको नाम प्रमुख रूपमा समावेश गरिएको छ। अनुभवी र प्रभावशाली नेताका रूपमा परिचित गुप्ता पर्सा–२ मा पार्टीका मुख्य दावेदारका रूपमा अगाडि आएका छन्। उनको लामो राजनीतिक अनुभव, संगठनप्रतिको योगदान तथा जनस्तरमा रहेको प्रभावलाई आधार मानेर नाम सिफारिस गरिएको जनाइएको छ।
त्यसैगरी, अरविन्द सिंह र निर्मला गुप्ताको नाम पनि प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि सिफारिस सूचीमा परेको छ।
क्षेत्रीय कमिटीको बैठकमा उम्मेदवार सिफारिससँगै आगामी निर्वाचनको रणनीति, संगठन सुदृढीकरण तथा क्षेत्रस्तरीय राजनीतिक गतिविधिबारे समेत छलफल गरिएको जनाइएको छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily