Aadarsh-Daily

विकास र परिवर्तनको एजेन्डासहित पर्सा–३ मा रूपेश पाण्डेको बलियो उपस्थिति

ad-4p

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातिँदै गएको छ। फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दा युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा बढ्दो जनलहरले क्षेत्रको राजनीति नयाँ मोडमा पुगेको देखिन्छ।

content ad p2
content left

स्थानीयस्तरमा देखिएको जनउत्साह, घरदैलो कार्यक्रम तथा नागरिकसँगको प्रत्यक्ष संवादले पाण्डेलाई परिवर्तनको सम्वाहकको रूपमा स्थापित गरिरहेको छ। “भाषण होइन, काम चाहियो” भन्ने नारासहित अघि बढिरहेका पाण्डेले पर्सा–३ को समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्यमा गुणस्तरीय सुधार र युवालाई अवसर प्रदान गर्ने स्पष्ट भिजन सार्वजनिक गरेका छन। यही व्यावहारिक र विकासमुखी सोचका कारण मतदाताको भरोसा उनीतर्फ बढ्दै गएको स्थानीय गएको छ।
युवापुस्तामात्र होइन, महिला, किसान, व्यापारी र बुद्धिजीवी वर्गसमेत पाण्डेको अभियानप्रति आकर्षित हुँदै गएका छन। स्थानीय बासिन्दाहरूका अनुसार विगतका प्रतिनिधिहरूले गर्न नसकेका कामलाई अब नयाँ सोच र ऊर्जासहितको नेतृत्वले अघि बढाउन सक्ने विश्वास बढेको छ। “हामी भिड होइनौं, चेतना हौं” भन्ने भावनासहित मतदाताहरू परिवर्तनको पक्षमा खुलेर उभिन थालेका छन्।

यसैबीच, पाण्डेको बढ्दो लोकप्रियताले बिपक्षी दलहरूलाई असहज अवस्थामा पुर्‍याएको देखिन्छ। चुनावी प्रतिस्पर्धामा उनीहरूको पकड कमजोर हुँदै जाँदा विभिन्न हत्कण्डा र आरोप–प्रत्यारोप तीव्र बनेका छन। तर, जनताको प्राथमिकता विकास र परिणाममुखी नेतृत्व भएकाले यस्ता गतिविधिले खास प्रभाव पार्न नसकेको स्थानीय नेताहरूको भनाइ छ।

समग्रमा कुरा गर्दा पर्सा –३ मा अहिलेको राजनीतिक तस्वीर हेर्दा परिवर्तनको पक्षमा जनमत सशक्त हुँदै गएको स्पष्ट संकेत देखिन्छ। फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा युवा उम्मेदवार रूपेश कुमार पाण्डे आफ्नो भिजनलाई व्यवहारमा उतार्ने उदयको बाटोमा अघि बढिरहेका छन, भने पर्सा–३ को राजनीतिक माहोल दिनानुदिन थप रोचक र निर्णायक बन्दै गएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily