Aadarsh-Daily

“झुट, धम्की र दम्भको राजनीति अब चल्दैन” — पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेको कडा प्रहार

ad-4p
content left

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक बहस तीव्र बन्दै गएको छ। यही सन्दर्भमा नेकपा एमालेका तर्फबाट परिवर्तनका संवाहक युवा उम्मेदवार रूपेश कुमार पाण्डेले नेपाली काँग्रेसका पूर्वमन्त्री तथा पर्सा–३ का उम्मेदवार सुरेन्द्र कुमार चौधरीको हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत पाण्डेले चौधरीको बोली र व्यवहारलाई “झुट, दम्भ र नकारात्मक राजनीतिले भरिएको” भन्दै गम्भीर प्रश्न उठाएका छन। आफूलाई विद्वान र शिक्षित दाबी गर्ने चौधरीबाटै बारम्बार मिथ्या आश्वासन, तथ्यविहीन आरोप र अशोभनीय भाषा प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको पाण्डेको भनाई छ। पाण्डेले केही समयअघि चौधरी स्वयं आफ्नो मानिकपुर–२ स्थित घरमा आएर बसेको, चिया–नास्ता गरेको र प्रत्यक्ष संवाद गरेको स्मरण गराउँदै, त्यसपछि सार्वजनिक रूपमा “सुनेको भरमा बोलेँ” भन्ने अभिव्यक्ति दिनु सीधै झुट र दोहोरो चरित्र भएको आरोप लगाएका छन। “आफैं आएर बसेको घरबारे ‘सुनेको छु’ भन्नु इमानदारीको अपमान हो,” पाण्डेले उल्लेख गरेका छन। उनले विगत पाँच वर्षयता चौधरीले अपनाएको राजनीतिक शैलीलाई धम्की, गालीगलौज र व्यक्तिगत आक्षेपमा आधारित दूषित राजनीतिको संज्ञा दिएका हुन। जनार्दनलाई ‘जुत्ताले हान्छु’ भन्ने धम्की, निष्ठावान व्यक्तिहरूमाथि निराधार आरोप, तरुण दलको आन्तरिक प्रक्रियामा अवरोध, र मन्त्री बन्न लागेका नेतामाथि अनावश्यक लाञ्छना—यी सबै घटनाहरूले चौधरीको वास्तविक राजनीतिक चरित्र उजागर भएको पाण्डेको दाबी छ। अजय चौरासिया मन्त्री बन्ने प्रसंग, रामहरी खतिवडा र शेखर कोइरालासँग भएका फोन संवाद, दरबारमार्गमा गरिएको गोप्य भेटघाट तथा अस्पताल उद्घाटन रोक्न खोजिएको घटनासमेत उल्लेख गर्दै पाण्डेले “यी सबै प्रमाणसहित सुरक्षित छन” भनेर चेतावनीसमेत दिएका छन। रूपेश पाण्डेले आफू इमानदारी, स्वावलम्बन र कर्ममा विश्वास गर्ने नेता भएको स्पष्ट पार्दै भनेका छन, “म आफ्नै कमाइको पैसाले काम गर्छु, गाउँपालिकाको बजेटमा रजाइँ गरेर राजनीति गर्ने संस्कार मेरो होइन।” विद्वत्ताको विषयमा समेत कटाक्ष गर्दै पाण्डेले पुस्तक पढ्नु मात्र विद्वान हुनु नभएको, ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए। साथै, धार्मिक आस्थाको विषयमा प्रश्न उठाउँदै गहवामाई मन्दिरमा गएर सत्य–असत्यको कसम गर्न तयार रहेको चुनौतीसमेत दिएका छन। पाण्डेले अन्त्यमा स्पष्ट शब्दमा भनेका छन—“अब झुट, धम्की र छलकपटको राजनीति बन्द हुनुपर्छ। पर्सा–३ परिवर्तन चाहन्छ, डर र दम्भ होइन।” पर्सा–३ मा बढ्दो जनसमर्थनले उत्साहित बनेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको यो कडा अभिव्यक्तिलाई स्थानीय मतदाताले साहसी र स्पष्ट राजनीतिक स्ट्यान्डको रूपमा लिएका छन। चुनाव नजिकिँदै जाँदा यस किसिमको प्रतिवादले पर्सा–३ को राजनीतिक तापक्रम झन चर्किने संकेत देखिएको छ। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर-३ मा जानताको समर्थन पाण्डेको पक्षमा देखिन्छ, भने उनी प्रति जानताको आकर्षणले पर्सा – ३ मा परिवर्तन हुने संकेत देखिएको छ। एमाले उम्मेदवार पाण्डेको स्पष्ट भिजन र जनतामाझ बढ्दो विश्वासका कारण विपक्षीहरू दबाबमा छन, भने भयभित भएर सामाजिक सञ्जालमा उनी प्रति नकरात्मक हल्ला फैलाउने प्रयास मात्र भईरहेको देखिएको छ । नेपाली काँग्रेसका नेता चौधरीले पाण्डेलाई निशाना कसेर “मेरो घरमा किताबको भण्डार र उनको घरमा रक्सीको भण्डार रहेको अभिव्यक्ति दिएका थिए” ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily