Aadarsh-Daily

चुनावी तयारी तीव्र: एमाले वीरगञ्ज महानगरद्वारा ५५१ सदस्यीय समिति गठन

ad-4p

वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ। बैठक महानगर कमिटीका कार्यबाहक अध्यक्ष कमरेड लियाकत अलिको अध्यक्षतामा तथा नेकपा एमालेका केन्द्रीय सदस्य कमरेड विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

content ad p2

बैठक नेकपा एमाले वीरगञ्ज महानगर इन्चार्ज कमरेड विचारी यादवको संयोजकत्वमा सञ्चालन गरिएको थियो। बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनलाई थप मजबुत बनाउने उद्देश्यसहित ५५१ सदस्यीय नेकपा एमाले वीरगञ्ज महानगर निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ।

content left

बैठकमा पार्टीको वर्तमान राजनीतिक अवस्था, निर्वाचन रणनीति, संगठन विस्तार तथा कार्यकर्ता परिचालनका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवारी प्रदिप यादव, पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवारी रिमा यादव, पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवारी रुपेश पाण्डे, नेकपा एमाले विचारी यादव लगाउत नेता तथा कार्यकर्ताहरुको उपथिति रहेको तियो ।

सहभागी नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन एकताबद्ध भएर सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिएका थिए।

बैठकले निर्वाचन परिचालन समिति गठनसहित अन्य आवश्यक संगठनात्मक तथा रणनीतिक निर्णयहरू समेत पारित गरेको छ। पार्टीले वीरगञ्ज महानगर क्षेत्रमा निर्वाचन लक्षित गतिविधिलाई अझ तीव्र बनाउने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily