Aadarsh-Daily

कांग्रेसकै संगठन हल्लियो, जनविश्वास खस्कियो : अजय चौरसियाको चुनावी यात्रा संकटग्रस्त

ad-4p

वीरगन्ज ।
नेपाली कांग्रेसका नेता तथा पूर्व कानुनमन्त्री अजय कुमार चौरसियाका लागि पर्सा क्षेत्र नम्बर–२ यतिबेला फलामको चिउरा चपाउनु सरह बनेको छ। निर्वाचन नजिकिँदै जाँदा उनीमाथि लागेका ‘टुरिष्ट उम्मेदवार’, ‘गेटावे नेता’ र ‘न्यायालयका बिचौलिया’ जस्ता गम्भीर आरोपहरूले उनको चुनावी यात्रालाई लगभग अवरुद्ध बनाइदिएको छ।

content ad p2

आफ्नै पुरानो निर्वाचन क्षेत्र पर्सा–३ मा राजनीतिक जमिन गुमेको संकेत पाएपछि क्षेत्र नम्बर–२ मा सरिएका चौरसियालाई मतदाताले पलायनवादी उम्मेदवार को रूपमा चित्रित गर्न थालेका छन्। स्थानीय स्तरमा चौरसियाको प्रवेशलाई “डुब्न लागेका नेताको अन्तिम सहारा” भनेर व्याख्या गरिँदैछ।
एक स्थानीय अगुवाले भने, “जहाँ हार निश्चित देखियो, त्यहाँबाट भागेर अर्को क्षेत्रमा पुग्ने नेताले हाम्रो भविष्य बनाउँछन् भन्ने आधार के छ?”

चौरसिया कानुनमन्त्री हुँदा गरेका विवादास्पद निर्णयहरू अहिले उनलाई नै भारी परिरहेका छन्। न्यायाधीश नियुक्तिमा नातावाद, कृपावाद र राजनीतिक भागबन्डा लादिएको, अदालतका फैसलामा पहुँच र दबाब प्रयोग गरिएको आरोपले उनलाई घेरेको छ। यी विषयलाई विपक्षी मात्र होइन, आम मतदाताले समेत चौरसियाको चरित्रमाथि प्रश्न उठाउने मुख्य आधार बनाएका छन्।

content left

स्थानीय बजारदेखि चोक–चौतारासम्म एउटै प्रश्न दोहोरिन थालेको छ—
“न्यायाधीशलाई फोन गरेर मुद्दा ‘सेटिङ’ गर्ने मन्त्रीले विकासको योजना बनाउँछन् कि आफ्नै स्वार्थको खेती?”
मतदाताहरू भन्छन्, चौरसियाको राजनीतिक इतिहास विकासभन्दा दलाली, पहुँच र शक्ति प्रयोग सँग जोडिएको छ।

कांग्रेसको परम्परागत गढ मानिने क्षेत्रमा समेत चौरसियाको कार्यशैलीप्रति असन्तोष चुलिँदै गएको छ। पार्टीभित्रको गुटबन्दीलाई मलजल गरेको, स्थानीय नेताहरूलाई पन्छाएर ‘टुरिष्ट’ प्रवृत्तिलाई संरक्षण गरेको आरोपमा कांग्रेसका पुराना कार्यकर्ताहरू नै उनीविरुद्ध मौन असन्तोष वा खुला विरोधमा उत्रिन थालेका छन्

आफ्नै संगठनको आधार कमजोर बन्दै जाँदा, बाहिर जनआक्रोश थपिँदै गएको छ। राजनीतिक विश्लेषकहरू भन्छन्—
चौरसियाको यो निर्वाचन प्रतिस्पर्धा होइन, अस्तित्व जोगाउने संघर्ष जस्तो बन्दै गएको छ।

सबै सूचकले देखाउँछ, पर्सा–२ मा अजय कुमार चौरसियाको चुनावी यात्रा सहज होइन, बरु जोखिम, असन्तोष र अविश्वासको घेराभित्र फसेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily