Aadarsh-Daily

थरुहट सडकका पुल १७ वर्षदेखि अलपत्र, आश्वासनमै सीमित पर्साको विकास

ad-4p

थरुहट सडकका पुल १७ वर्षदेखि अलपत्र, आश्वासनमै सीमित पर्साको विकास

content ad p2

थरुहट सडकअन्तर्गत पर्ने पर्सा जिल्लाका दुई मुख्य पुल निर्माण नहुँदा स्थानीयले १७ वर्षदेखि सास्ती भोग्दै आएका छन्। दशकौँ बितिसक्दा पनि काम सम्पन्न नहुँदा यो क्षेत्रको विकास अझै प्रतीक्षामै सीमित देखिएको छ।

content left

पर्सागढी नगरपालिका–९ एकटाँगामा रहेको तिलावे खोलाको पुल र पटेर्वासुगौली–४ तथा जीराभवानी–५ जोड्ने भलुवाही खोलाको पुल निर्माण ठेक्का लागे पनि बीचमै अलपत्र परेका छन्। स्थानीयका अनुसार ठेकेदार कम्पनी र सरोकारवाला निकायको बेवास्ताले पुल वर्षौँदेखि अधूरै छन्।

पुल नहुँदा वर्षायाममा यातायात अवरुद्ध हुने, बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुने र किसानलाई उत्पादन बजारसम्म लैजान अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था छ। सुरक्षा निकायको नियमित गस्तीसमेत प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।

निर्वाचनको बेला पुल निर्माणको आश्वासन दोहोरिए पनि दीर्घकालीन समाधान नआएकाले यसपटक स्थानीयको भरोसा कमजोर बनेको छ। उनीहरू भन्छन्—अब आश्वासन होइन, ठोस काम चाहिएको छ।

तस्बिर // प्रतीक दैनिक

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily