Aadarsh-Daily

नगवामा जनलहर उर्लियो, प्रदीप यादवलाई जितको खुला आशीर्वाद

ad-4p

वीरगंज, २४ माघ – नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा भव्य रूपमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। शनिबार बिहानै नगवा पुगेका उम्मेदवार यादवको जनता दर्शन कार्यक्रममा उल्लेखनीय संख्यामा स्थानीय मतदाताको सहभागिता रहेको थियो।

content ad p2

घरदैलो तथा जनता दर्शन कार्यक्रमका क्रममा नगवावासीबाट अपार माया र समर्थन प्राप्त भएको उम्मेदवार यादवले बताएका छन्। उनले नगवावासीहरू आफ्नो पक्षमा रहेको दाबी गर्दै आम जनता तथा मतदाताहरूले आफूलाई जितको आशीर्वाद दिएको उल्लेख गरे। जनचाहनाअनुसार जनताको सेवामा निरन्तर सक्रिय रहेकै कारण नगवावासी मजबुत रूपमा आफ्नो पक्षमा उभिएको उनको भनाइ थियो।

content left

घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न भएपछि नगवा गाउँको अग्रभागमा कोण सभाको आयोजना गरिएको थियो। कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले विगतमा नगवाको विकासका लागि हरसम्भव प्रयास गरेको र आगामी दिनमा पनि विकास, शिक्षा, स्वास्थ्य तथा युवाहरूको रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले युवाहरूलाई कुनै किसिमको असन्तुष्टि भए आफूलाई सिधै फोन वा सन्देश गर्न आग्रह गर्दै सुख–दुःखमा सधैं अग्रपंक्तिमा उभिने प्रतिबद्धता दोहोर्‍याए।

घरदैलो कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटा, नेता सुन्दर कुर्मी, मानदेव हजरा,अरुण यदाव, भुशाल चौरसिया,देवनाथ प्रसाद चौरसिया, मगदिश यादव ,बादल तथा स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले विपक्षीहरूले प्रचार गरेजस्तो नगवाको अवस्था नरहेको स्पष्ट पार्दै सम्पूर्ण नगवावासी प्रदीप यादवको पक्षमा एकजुट रहेको दाबी गरेका छन्।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily