Aadarsh-Daily

पर्सा–३ मा परिवर्तनको हुंकार:यसपटक होली एमालेको जितसँगै मनाइन्छ – योगेश भट्टराई

ad-4p

वीरगंज, २४ माघ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले परिवर्तनको स्पष्ट सन्देश दिएको छ। पटेर्वा सुगौली गाउँपालिकामा आयोजित नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री, लोकप्रिय युवा नेता योगेश भट्टराईले यस पटक पर्सा–३ मा परिवर्तन अवश्यंभावी भएको दाबी गरेका छन।

content ad p2

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले नेकपा एमाले कुनै विदेशी शक्तिको पार्टी नभई नेपाली जनताको आफ्नै पार्टी भएको स्पष्ट पारे। उनले भने, “नेकपा एमाले जेनजी पुस्ताको विरोधी होइन, हामी सड्यन्त्रकारी र घुसपैठियाको विरोधी हौं। जेनजी पुस्ताको माग जायज छ र ती मागहरू पूरा गर्ने क्षमता र इच्छाशक्ति नेकपा एमालेसँग मात्र छ।

content left

उनले हिमाल, पहाड र तराईलाई सुदृढ र सन्तुलित रूपमा विकास गर्नु, हरेक जातजाति तथा धर्मको समान अधिकार सुनिश्चित गर्नु, र युवाहरूको भविष्य सुरक्षित गर्दै रोजगारीको अवसर सिर्जना गर्नु नेकपा एमालेको प्रमुख उद्देश्य रहेको बताए। यी सबै लक्ष्य हासिल गर्न एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको उनले जोड दिए।

योगेश भट्टराईले पर्सा–३ बाट नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेलाई परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्दै यस निर्वाचनमा उनको जितमा कुनै शंका नरहेको दाबी गरे। कार्यक्रम मार्फत भट्टराईले यसपटकको होली एमाले र युवा उम्मेदवार रूपेश पाण्डेको जितसहित मनाइनेछ,” भन्दै ठोकुवा समेत गर्नुभयो।

कार्यक्रममा उपस्थित कार्यकर्ता तथा स्थानीय जनताले युवा, सक्षम र विकासप्रेमी उम्मेदवारका रूपमा रूपेश पाण्डेको पक्षमा एकजुट भएर चुनावी अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। भेलाले पर्सा–३ मा एमालेको संगठनात्मक शक्ति थप सुदृढ भएको संकेत दिएको छ।

युवा उम्मेदवार, स्पष्ट एजेन्डा र केन्द्रिय नेतृत्वको आक्रामक उपस्थितिले पर्सा–३ मा एमालेको चुनावी माहोल दिनानुदिन बलियो बन्दै गएको देखिन्छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily