Aadarsh-Daily

पर्सा–३ का जेनजी उम्मेदवार इस्तखारको गर्दौल र पोखरिया–सतवरियामा घरदैलो सम्पन्न 

ad-4p

आम जनता पार्टीबाट पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तखारले आज चुनावी अभियानलाई तीव्र बनाउँदै गर्दौल, पोखरिया र सतवरिया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

content ad p2

२६ वर्षीय जेनजी युवा उम्मेदवार इस्तखारले घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, रोजगारी, स्वास्थ्य र स्थानीय विकासका विषयमा छलफल गरेका थिए।

content left

उनले युवाको प्रतिनिधित्व संसदमा आवश्यक रहेको बताउँदै जनमुखी, जवाफदेही र पारदर्शी राजनीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

घरदैलो कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीयका अनुसार नयाँ सोच र सक्रियतासहित मैदानमा उत्रिएका युवा उम्मेदवारप्रति चासो बढ्दै गएको छ।

चुनाव नजिकिँदै जाँदा मोहम्मद इस्तखारको निरन्तर जनसम्पर्क अभियानले पर्सा क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातिँदै गएको देखिन्छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily