Aadarsh-Daily

पकाहामैनपुर–४ मा एमालेको घरदैलो उत्साहपूर्ण, रूपेश पाण्डेले प्रस्तुत गरे विकासको स्पष्ट खाका

ad-4p
content left

वीरगंज, २९ माघ । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर–४ मा **नेकपा एमाले**को घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

मतदाता भेटघाटका क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार **रूपेश कुमार पाण्डे**ले राष्ट्र र राष्ट्रियताको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि एमालेको नेतृत्वमा सरकार आवश्यक रहेको बताए। उनले पर्सा–३ लाई कृषि, उद्योग, रोजगारी र पूर्वाधार विकासको केन्द्र बनाउने स्पष्ट योजना अघि सारे।

कार्यक्रममा सहभागी मतदाताहरूले पाण्डेको विकास दृष्टिकोणको प्रशंसा गर्दै फागुन २१ गते हुने निर्वाचनमा उनलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

content ad p2

सम्बन्धित खबर

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily