Aadarsh-Daily

गाउँका शिक्षकदेखि संघीय सांसदसम्म: चन्देश्वर मण्डलको राजनीतिक यात्रा

ad-4p

वीरगञ्ज । चन्देश्वर मण्डल को राजनीतिक यात्रा गाउँको शिक्षकबाट सुरु भएर संघीय सांसदसम्म पुगेको छ। सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरमा २०२१ सालमा जन्मिएका मण्डलले २०३८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सदस्यता लिएसँगै सक्रिय राजनीति थालेका थिए।

content ad p2

सुरुवातदेखि नै पार्टी संगठन विस्तार, जनसम्पर्क र स्थानीय तहका गतिविधिमा सक्रिय रहँदै उनले पार्टीलाई मजबुत बनाउन भूमिका खेले। गाउँदेखि जिल्ला हुँदै प्रदेश तहसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै उनले लामो राजनीतिक अनुभव बटुलेका छन्।

राजनीतिसँगै मण्डल शिक्षण पेसामा पनि संलग्न थिए। २०४६ सालतिर उनले आफ्नै गृहक्षेत्रस्थित जनकल्याण उच्च माध्यमिक विद्यालयमा करिब दुई वर्ष विज्ञान विषय अध्यापन गरेका थिए। शिक्षण अनुभवले उनलाई समाजलाई नजिकबाट बुझ्न सहयोग पुगेको बताइन्छ।

content left

स्थानीय तहमा उनले दुई कार्यकाल अध्यक्षको रूपमा करिब १० वर्ष नेतृत्व सम्हाले। यस अवधिमा शिक्षा, सामाजिक सेवा, आधारभूत पूर्वाधार विकास र स्थानीय समस्याको समाधानमा उल्लेखनीय पहल गरेका थिए।

सामाजिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन्। उनले नेपाल रेडक्रस सोसाइटी को जिल्ला शाखामा पाँच वर्ष उपसभापतिको रूपमा काम गर्नुका साथै प्रदेश महासचिवको जिम्मेवारी सम्हाल्दै मानवीय सेवा र विपद् व्यवस्थापनमा योगदान दिएका छन्।

पार्टी संगठनभित्र पनि मण्डलले निरन्तर जिम्मेवारी पाउँदै आएका छन्। २०७४ सालमा एमाले सिरहाको जिल्ला अध्यक्ष बनेका उनी २०८० सालमा मधेश प्रदेश अध्यक्षमा चयन भएका थिए। संगठन निर्माण र कार्यकर्ता परिचालनमा उनको सक्रिय भूमिका रहेको छ।

शैक्षिक रूपमा पनि उनी योग्य मानिन्छन्। भारतको दरभंगास्थित कुमर सिंह महाविद्यालयबाट एसएलसी उत्तीर्ण गरेका मण्डलले विज्ञान विषयमा बीएससी (बायोलोजी) अध्ययन पूरा गरेका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि मण्डल एमालेको तर्फबाट मधेशी क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत संघीय सांसदमा निर्वाचित भएका छन्। लामो राजनीतिक अनुभव, सामाजिक सेवा र संगठनात्मक योगदानका कारण उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्ने नेताका रूपमा हेरिएका छन्।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily