Aadarsh-Daily

जसपा नेपालका यादवद्वारा खर्च विवरण पेश, पारदर्शितामा जोड

ad-4p

वीरगञ्ज । राम नरेश प्रसाद यादव ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आफ्नो निर्वाचन खर्च विवरण पेश गरेका छन्।

content ad p2
content left

जनता समाजवादी पार्टी नेपाल का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रहेका यादवले मिति २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनपछिको खर्च विवरण जिल्ला निर्वाचन कार्यालय पर्सामा बुझाएको जानकारी दिएका हुन्।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले तोकिएको समयभित्र आफ्नो सम्पूर्ण निर्वाचन खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार यादवले आफ्नो खर्च विवरण पेश गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालय पर्साले पनि उम्मेदवारहरूलाई समयसीमाभित्र खर्च विवरण बुझाउन पटक–पटक आग्रह गर्दै आएको छ। निर्वाचन खर्चको पारदर्शिता कायम गर्न यस्तो विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily