Aadarsh-Daily

दुई मोटरसाइकल ठोक्किँदा बारामा एकको मृत्यु, अवस्था तनावपूर्ण

ad-4p

बारा  । बारामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

content ad p2

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ४५ वर्षीय सुरेन्द्र महतो रहेका छन्।

content left

सोमबार बेलुकी सिम्रौनगढ नगरपालिका–५ मा बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल र बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा महतो गम्भीर घाइते भएका थिए। उनी बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार थिए।

गम्भीर घाइते महतोको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा घाइते भएका बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकल चालकको समाज अस्पताल, कलैयामा उपचार भइरहेको छ भने सोही मोटरसाइकलमा सवार अर्का एक जनाको वीरगञ्जस्थित हिमाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily