
काठमाडौं । सर्वोच्च अदालत ले रवि लामिछाने को मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको छ ।
न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले २ माघको निर्णय समेत झिकाएर पेस गर्न निर्देशन दिएको हो ।

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बराल ले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । तर, २ माघमा भने लामिछानेसहित अन्य सबै आरोपितका हकमा पनि आरोपपत्र संशोधन गर्ने निर्णय गरिएको थियो ।
तर सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेस भएको पाइएपछि इजलासले २ माघको निर्णय पनि अनिवार्य रूपमा पेस गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेश अनुसार अब उक्त इजलासले यो मुद्दा नहेर्न पनि सक्ने देखिएको छ । इजलासले मुद्दा हेर्न नमिल्ने न्यायाधीशबाहेक अन्य न्यायाधीश रहेको इजलासमा मुद्दा पेस गर्न निर्देशन दिएको छ ।
यस आदेशसँगै रवि लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ केही समय लम्बिने देखिएको छ ।

