Aadarsh-Daily

इरान–इजरायल युद्धको असर:युद्ध लम्बिँदै जाँदा तेल मूल्य १५०–१८० डलरसम्म पुग्न सक्ने चेतावनी

ad-4p
content left

काठमाडौं । होर्मुज स्ट्रेट मा अप्रिलको अन्त्यसम्म अवरोध कायम रहे तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरब का अधिकारीहरूले आकलन गरेका छन् ।

द वाल स्ट्रिट जर्नल ले स्रोतहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । फेब्रुअरी २८ देखि सुरु भएको इरानइजरायल तनावपछि तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।

बिहीबार ब्रेन्ट क्रुड को मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलर नजिक पुगेको थियो ।

रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिज का विशेषज्ञ उमेर करिम का अनुसार, युद्ध लम्बिए तेलको मूल्य कम्तीमा १५० डलरसम्म पुग्न सक्छ । उनले लाल सागर क्षेत्रमा अवरोध वा आक्रमण भए मूल्य अझै बढ्ने चेतावनी दिएका छन् ।

हाल लाल सागर मार्ग युरोप र एसियाबीचको प्रमुख ऊर्जा आपूर्ति मार्ग बनेको छ । साउदी अरब ले यान्बु बन्दरगाहमार्फत तेल निर्यातलाई निरन्तरता दिइरहेको छ ।

यसैबीच, कतार मा रहेको विश्वकै ठूलो एलएनजी निर्यात केन्द्र रास लाफान मा आक्रमण भएपछि क्षतिको मूल्यांकन भइरहेको छ ।

पेरिसस्थित सेन्टर अन ग्लोबल एनर्जी पोलिसी की विशेषज्ञ एनी-सोफी कोर्बो का अनुसार, उक्त केन्द्र मर्मत गर्न महिनौँ लाग्न सक्छ र सबैभन्दा खराब अवस्थामा सन् २०२६ सम्म पूर्ण सञ्चालनमा फर्किन नसक्ने सम्भावना छ ।

यसले विश्वव्यापी ग्यास आपूर्ति र मूल्यमा दीर्घकालीन असर पार्न सक्ने विश्लेषण गरिएको छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily