Aadarsh-Daily

वीरगन्जमा भारतीय दम्पती मृत फेला, लजको कोठामा झुण्डिएको अवस्थामा भेटिए

ad-4p

वीरगन्ज । वीरगन्जको नयाँ बसपार्क, भानु चोक नजिकै रहेको नवदुर्गा लजमा भारतीय दम्पती मृत अवस्थामा फेला परेका छन्। दम्पती एउटै छतको पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन्।

content ad p2

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, मृतक दम्पती भारतको पश्चिम बंगाल प्रान्त, कोलकत्ताका अन्दाजी ३४ वर्षीय बपन पत्रमा र उनकी पत्नी (नाम खुलिन सकेको छैन, उमेर ३०–३२ वर्ष) हुन्।

लज सञ्चालकले दिएको जानकारी अनुसार, दम्पती चैत ४ गते बिहान लजमा बस्न आएका थिए। सोही दिन उनीहरु बाहिर बजार घुमेर फेरि लजमै फर्किएका थिए।

content left

आइतबार बिहान दुवै जना कोठाबाट निस्किन नसकेपछि लजका कर्मचारीले ढोकामा ढक्ढक्याए पनि कोठा नखुल्दा बिहान ११ बजे प्रहरीले खबर पाएको थियो। प्रहरी घटनास्थल पुगेपछि ढोका फोडेर भित्र पस्दा दम्पती एउटै पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।

प्रहरीका अनुसार, रजिष्टरमा मृतक पुरुषको नाम मात्र दर्ज थियो, मृतक महिलाको नाम इन्ट्री नभएकाले पहिचान खुल्न सकेको छैन। दम्पती वीरगन्ज किन आएका थिए भन्ने कुरा समेत अनुसन्धानको विषय बनेको छ।

दुवै शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। प्रहरीले लज सञ्चालक र कर्मचारीलाई बोलाएर सोधपुछ गरिरहेको छ।

प्रहरी अनुसन्धान जारी छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily