Aadarsh-Daily

जगरनाथपुर गाउँपालिकाले एसईई परीक्षाका विद्यार्थीलाई टि–सर्ट, डायरी र कलम प्रदान गर्दै विदाई

ad-4p

जगरनाथपुर, पर्सा – पर्साको जगरनाथपुर गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेका विद्यार्थीहरुलाई आवश्यक सामग्री प्रदान गर्दै विदाई कार्यक्रम आयोजना गरेको छ।

content ad p2

गाउँपालिका–४ सण्ठीस्थित विद्यालयमा आइतबार शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका तीनवटा माध्यमिक विद्यालयका १ सय २० जना एसईई परीक्षा दिन लागेका छात्र–छात्रालाई टि–सर्ट, डायरी र कलम वितरण गरिएको थियो।

content left

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यार्थीहरुलाई गाउँपालिकाको लोगो अंकित टी–सर्ट, डायरी र कलम प्रदान गर्दै आगामी परीक्षामा सफलताको शुभकामना व्यक्त गरे। अध्यक्ष यादवले एसईईपछि उच्च शिक्षा अध्ययनका क्रममा कुनैपनि समस्या परेमा आवश्यक समन्वय र सहयोगका लागि आफू वा प्रमुख प्रशासनिक अधिकृतलाई सम्पर्क गर्न पनि आग्रह गरे।

विद्यार्थीहरुलाई खादा–मालाले सम्मान गर्दै विदाई गरिएको जानकारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहले दिए। कार्यक्रममा अध्यक्ष यादवसँगै उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासनिक अधिकृत सन्देश कुमार यादव, शिक्षा समितिका सदस्य, वडा सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका र अभिभावकहरुको समेत उपस्थिती रहेको थियो।

यस पहलले विद्यार्थीहरुमा आत्मविश्वास र परीक्षा तयारीप्रति उत्साह बढाउने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily