Aadarsh-Daily

विद्यार्थी अभावले थन्कियो मधेश विश्वविद्यालयको बस, लाखौँको साधन प्रयोगविहीन

ad-4p

वीरगञ्ज : प्रदेश सरकारबाट प्राप्त बस प्रयोगविहीन अवस्थामा थन्किँदा मधेश विश्वविद्यालयको व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। स्थापना कालमै प्राप्त प्रदेश २–०२–००१ स ००७८ नम्बरको बस लामो समयदेखि परिसरमै थन्किएको छ।

content ad p2

विश्वविद्यालय आफैं भने नेसनल ट्रेडिङको गोदाममा मासिक ४०–४५ हजार रुपैयाँ भाडा तिरेर सञ्चालन भइरहेको छ। तर, आफ्नै बस भने नियमित रूपमा नचल्दा स्रोत साधनको उपयोगमा कमजोरी देखिएको छ।

content left

रजिस्ट्रार विजय यादवका अनुसार हाल करिब ५ सय विद्यार्थी अध्ययनरत रहे पनि बस प्रयोग गर्ने विद्यार्थीको संख्या न्यून भएकाले दैनिक सञ्चालन सम्भव भएको छैन। “आवश्यक पर्दा मात्रै प्रशिक्षण वा कार्यक्रमका लागि बस प्रयोग हुन्छ,” उनले भने।

हाल बिएएलएबी, बिपिए र एमपिए संकाय सञ्चालनमा छन् भने विश्वविद्यालयमा २४ शिक्षक र १८ कर्मचारी कार्यरत छन्। यद्यपि, विश्वविद्यालयको नाममा रहेको जग्गा अझै औपचारिक रूपमा हस्तान्तरण नहुनु अर्को समस्या बनेको छ।

विद्यार्थी अभाव र व्यवस्थापन कमजोरीका कारण लाखौँको सरकारी सम्पत्ति उपयोगविहीन बन्दा सरोकारवालाले चासो दिनुपर्ने देखिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily