Aadarsh-Daily

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

ad-4p
content left

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ। बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम निरन्तर रहने बताइएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार हिजो धारणा राख्न बाँकी सदस्यहरूले आज आफ्नो विचार प्रस्तुत गर्नेछन्। हिजोको बैठक पार्टी सभापति गगनकुमार थापाले मन्तव्य राख्दै सुरु गरेका थिए भने महामन्त्री प्रदीप पौडेलले ११ बुँदे एजेण्डा प्रस्तुत गरेका थिए।

प्रस्तुत एजेण्डामाथि हिजो २८ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा विभिन्न नेताहरूले पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, सरकारको कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा धारणा व्यक्त गरेका छन्।

यसअघि हिजो नै विभिन्न केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले समेत आफ्नो विचार राखिसकेका छन् भने आजको बैठकमा बाँकी सदस्यहरूको धारणा सुन्ने क्रम जारी रहने छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily