Aadarsh-Daily

बारामा ट्याक्टरको ठक्करबाट सेवानिवृत्त शिक्षकको मृत्यु

ad-4p

बाराजीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ।

content ad p2

मृत्यु हुनेमा रौतहटको संग्रामपुर घर भई हाल जीतपुरसिमरा–२ बस्दै आएका ६१ वर्षीय केदारप्रसाद शर्मा रहेका छन्।

content left

प्रहरीका अनुसार डुमरवानाबाट प्र.०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकल चलाएर बडहर्वातर्फ जाँदै गरेका शर्मालाई सोही दिशाबाट गुडिरहेको ना ७ त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको अर्को प्र.०२–०३–००१ त नम्बरको ट्याक्टरमा ठोक्किएको थियो।

गम्भीर घाइते भएका शर्माको उपचारका क्रममा वीरगन्जस्थित मेडिसिटी अस्पताल मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश भट्ट ले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily