Aadarsh-Daily

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने, हट्यो टोकन प्रणाली

ad-4p

काठमाडौं । अबदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि वैदेशिक रोजगार विभागले टोकन प्रणाली हटाउँदै सोही दिन श्रम स्वीकृति दिने व्यवस्था लागू गरेको हो ।

content ad p2
content left

यसअघि टोकन प्रणालीमार्फत सीमित संख्यामा मात्रै श्रम स्वीकृति प्रदान गरिँदै आएको थियो । अब आवश्यक कागजात पूरा भएको अवस्थामा सेवाग्राहीले आवेदन दिएको दिनमै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति पाउनेछन् ।

श्रममन्त्री दिपककुमार साहको उपस्थितिमा बसेको बैठकले सेवा सुधार गर्ने निर्णय गरेसँगै उक्त व्यवस्था लागू गरिएको हो । सरकारले श्रमिकको सुविधा, सुरक्षा र सेवा सहज बनाउन यस्तो कदम अघि बढाएको जनाएको छ ।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily