Aadarsh-Daily

वीरगञ्ज बसपार्कमा मोटरसाइकल दुर्घटना, दुई युवा घाइते

ad-4p

वीरगञ्ज । वीरगञ्जको व्यस्त व्यापारिक क्षेत्र बसपार्क चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवा घाइते भएका छन्। अनियन्त्रित भई मोटरसाइकल लड्दा चालक र पछाडि सवार दुबै घाइते भएको प्रहरीले जनाएको छ।

content ad p2

घाइते हुनेमा बाराको चिलझप्टीका १९ वर्षीय धिरज पटेल (चालक) र वीरगञ्ज–१६ नगवाका १८ वर्षीय आशुतोष तिवारी रहेका छन्। दुर्घटनापछि प्रहरी टोलीले तत्काल उद्धार गरी उनीहरूलाई भवानी अस्पताल पुर्‍याएको थियो।

content left

अस्पताल स्रोतका अनुसार आशुतोष तिवारीको अवस्था सामान्य रहेको छ भने चालक पटेलको शरीरका विभिन्न भागमा चोट लागेकाले उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटना तीव्र गति, अनियन्त्रित ड्राइभिङ वा अन्य प्राविधिक कारणले भएको हो भन्नेबारे थप तथ्य संकलन भइरहेको छ। प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

बसपार्क क्षेत्रमा दैनिक सवारी चाप उच्च हुने भएकाले सावधानी अपनाउन ट्राफिक प्रहरीले चालकहरूलाई विशेष आग्रह गरेको

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily