Aadarsh-Daily

सांसद हरि पन्तको पहलमा पर्सा प्रशासन सुधारतर्फ, ‘एकद्वार प्रणाली’ लागू हुने तयारी

ad-4p

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीले लामो समयदेखि भोग्दै आएको ढिलासुस्ती, जटिल प्रक्रिया र अनावश्यक झन्झट अन्त्य गर्ने उद्देश्यसहित सुधारको पहल सुरु गरिएको छ। सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउने तयारी अघि बढाइएको प्रशासनले जनाएको छ।

content ad p2

प्रतिनिधिसभा सदस्य हरि पन्तले हालै प्रशासन कार्यालयको अनुगमन गर्दै सेवा प्रवाहको वास्तविक अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए। अनुगमनका क्रममा नागरिकहरूले एउटै कामका लागि विभिन्न कोठा धाउनुपर्ने, घण्टौं लाइनमा बस्नुपर्ने तथा प्रक्रिया अत्यन्त जटिल रहेको गुनासो व्यापक रूपमा गरेका थिए।

content left

उक्त समस्यालाई गम्भीर रूपमा लिँदै सांसद पन्तले प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफल गरी तत्काल सुधारका उपायहरू कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन्। छलफलका क्रममा प्रजिअ दाहालले सेवा प्रवाहलाई व्यवस्थित बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार उक्त प्रणाली कार्यान्वयनमा आएपछि सेवाग्राहीले एउटै स्थानबाट आवश्यक सेवा प्राप्त गर्न सक्नेछन्। यसले अनावश्यक दौडधूप, समयको दुरुपयोग तथा बिचौलियाको प्रभावलाई न्यून गर्ने अपेक्षा गरिएको छ।

अनुगमनपछि सांसद पन्तले सरकारी सेवा प्रवाहमा सुधार अनिवार्य रहेको उल्लेख गर्दै नागरिकले सम्मानजनक र सहज ढंगले सेवा पाउनु लोकतान्त्रिक शासनको मूल मर्म भएको बताए।

प्रशासनले अघि सारेको सुधारात्मक पहल प्रभावकारी रूपमा लागू भएमा पर्सावासीले निकट भविष्यमै झन्झटमुक्त, छिटो तथा व्यवस्थित सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily