Aadarsh-Daily

एमालेभित्र तरंग: बादलको अभिव्यक्तिमाथि आज सचिवालयमा ‘कडा’ छलफल

ad-4p

काठमाडौं – नेकपा एमालेले कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’लाई पार्टीको मूल्य–मान्यता विपरीत अभिव्यक्ति दिएको भन्दै सचेत गराउने तयारी गरेको छ। आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकबाट उनलाई सचेत गराउने एक नेताले बताएका छन्।

content ad p2
content left

एमालेका एक नेताका अनुसार बादलले संसदमा पार्टीको आधिकारिक धारणा विपरीत बोलेपछि उनलाई संसदीय प्रक्रिया र मर्यादाबारे सचेत गराइनेछ। उनले १९ चैतको संसद बैठकमा जेनजी आन्दोलन र निर्वाचन परिणामबारे षड्यन्त्रपूर्ण अभिव्यक्ति दिएका थिए भने नेपाली सेना, कर्मचारी र विदेशी निकायहरूसमेत आरोपित गरेका थिए।

उनको उक्त अभिव्यक्तिपछि एमालेभित्र तरंग सिर्जना भएको छ। उपाध्यक्ष विष्णु पौडेलले यस विषयमा सचिवालय बैठकमा गम्भीर छलफल हुने र उचित निर्णय लिइने बताएका छन्।

यसैबीच, नेता सुरेन्द्र पाण्डेले पनि अप्रत्यक्ष रूपमा टिप्पणी गर्दै पछिल्लो राजनीतिक अवस्था सिर्जना हुनुमा एमाले नेतृत्वको अघिल्लो सरकारको अकर्मण्यता जिम्मेवार रहेको बताएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily