Aadarsh-Daily

अख्तियारको कारबाही: जनकपुर परिषदका अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा

ad-4p

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

content ad p2
content left

आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गर्दै उनीहरूमाथि ५५ लाख २ हजार ८५४ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको हो।

मुद्दा दायर गरिएकामध्ये तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरंजिविराज शर्मा ढुंगाना, लेखापाल सावित्री कुमारी गिरी र खरिदार मनद कुमार चौधरी सूडी रहेका छन्। साथै ईशिता ट्रेडर्स तथा सोका सञ्चालक पशुपतिनाथ पाठकलाई पनि प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बायो शौचालय खरिद कार्यमा मिलेमतो गरी भुक्तानी दिँदै भ्रष्टाचार गरिएको ठहर गर्दै आरोपपत्र दायर गरिएको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily