Aadarsh-Daily

कांग्रेस संसदीय दलको नेता चयन आजै टुंगिने संकेत, केसीदेखि राईसम्म प्रतिस्पर्धा सम्भावना

ad-4p
content left

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा संसदीय दलको नेता चयन गर्ने विषय मुख्य एजेण्डा बन्ने देखिएको छ ।

कांग्रेसकी सांसद बासना थापा ले बैठकको औपचारिक एजेण्डा सार्वजनिक नभए पनि नेता चयनको विषयमा छलफल हुनसक्ने बताइन् । “एजेण्डा भनिएको छैन, तर नेता चयन गर्नुपर्ने छ,” उनले भनिन् ।

कांग्रेस संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कानिस्कल राई सम्मको नाम चर्चामा रहेको छ ।

सभामुख चयन नभएसम्म प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले संसद बैठक सञ्चालन गर्नुपर्ने बाध्यता रहेकाले कांग्रेसले दलको नेता चयन ढिलो गरेको बताइएको छ । अब भने डोलप्रसाद अर्याल सभामुख चयन भइसकेपछि प्रतिनिधिसभा बैठक सञ्चालनको जिम्मेवारी उनैसँग रहनेछ ।

अन्य दलहरूले भने यसअघि नै संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दलको नेता चयन भई प्रधानमन्त्री बनिसकेका छन् । त्यसैगरी नेकपा एमाले ले रामबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी ले पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टी ले हर्क साम्पाङराष्ट्रिय प्रजातन्त्र पार्टी ले ज्ञानेन्द्र शाही लाई दलको नेता चयन गरिसकेका छन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी कांग्रेसले भने अझै नेता चयन गर्न सकेको छैन । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुने संवैधानिक व्यवस्था छ ।

कांग्रेस संसदीय दलको विधानको दफा ५ अनुसार प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट दलको नेता चयन गर्ने व्यवस्था छ । एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानमार्फत् निर्वाचन हुने प्रावधान छ ।

कांग्रेसको संसदीय इतिहासमा २०६४ पछि दलको नेता सर्वसम्मत चयन हुन सकेको छैन । पार्टीभित्रको गुटीय समीकरणका कारण यसपटक पनि मतदानमार्फत् नेता चयन हुने सम्भावना उच्च देखिएको छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनपछि पनि संसदीय दलको नेता चयनका क्रममा निर्वाचन भएको थियो, जहाँ वर्तमान सभापति शेरबहादुर देउवा ले गगन थापा लाई पराजित गरेका थिए ।

हाल पनि देउवा र थापा पक्षबीचको आन्तरिक प्रतिस्पर्धाले यसपटकको निर्वाचन रोचक हुने संकेत देखिएको छ ।

content ad p2

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily