Aadarsh-Daily

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ

ad-4p

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि निरन्तर सुनुवाइ हुने भएको छ।

content ad p2

आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। सो दिन ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ भने आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलहरूले बहस गर्नेछन्।

content left

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो।

भदौ २३ र २४ गते भएको आन्दोलनका घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए।

उक्त आन्दोलनका क्रममा भएको दमनमा जिम्मेवार ठहर गर्दै आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily