
काठमाडौँ — संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बोलाइएको छ ।
प्रतिनिधिसभा बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, राष्ट्रियसभा बैठकमा प्रेमप्रसाद दंगाल ले लिलाकुमारी भण्डारी लाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन पनि सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकले महत्वपूर्ण विधेयक तथा संसदीय प्रक्रियामा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

