Aadarsh-Daily

सरकारी विज्ञापन निजी मिडियालाई रोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग

ad-4p

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

content ad p2

उक्त रिटमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ ।

content left

रिट निवेदनमा सरकारको निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने उद्देश्य राखेको दाबी गरिएको छ । गत १८ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवस्तरीय निर्णयमार्फत सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन गर्न परिपत्र गरिएको थियो ।

सोही अनुसार संघीय मन्त्रालय, अन्य निकाय, प्रदेश र स्थानीय तहलाई पनि निजी सञ्चारमाध्यममा विज्ञापन नदिन निर्देशन दिइएको थियो ।

रिटमा उक्त निर्णय विज्ञापन ऐन २०७६ विपरीत रहेको र यसले संविधानप्रदत्त मौलिक हकहरूमा आघात पुर्‍याएको उल्लेख छ । साथै, निर्णय कार्यान्वयन भए सञ्चार क्षेत्रमा अपूरणीय क्षति हुने भन्दै अन्तरिम आदेशको मागसमेत गरिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily