Aadarsh-Daily

ओली पक्राउपछि एमाले दबाबमा, राष्ट्रिय युवा संघ नेपाल आन्दोलित

ad-4p

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पक्राउ परेका नेता–कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ ।

content ad p2

आइतबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष महाराज गुरुङले गैरकानुनी धरपकडमा परेका सबै नेता तथा कार्यकर्तालाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरिएको जानकारी दिए ।

content left

बैठकले ओलीको रिहाइ मात्र नभई इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण, गुन्डागर्दी आरोपमा पक्राउ परेकाहरूको रिहाइ तथा समर्थकहरूमाथि भइरहेको साइबर बुलिङ रोक्नुपर्ने मागसमेत उठाएको छ । साथै गृहमन्त्रीसँग सम्बन्धित जग्गा प्रकरणलगायत विषयमा पनि आपत्ति जनाइएको छ ।

युवा संघले आगामी १२ वैशाखमा विरोध सभा गर्ने निर्णय गरेको छ । यद्यपि तत्काल ठूलो जनप्रदर्शन नगर्ने र जनताको मनोविज्ञानलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाउने संकेत दिएको छ ।

गत १४ चैतमा केपी शर्मा ओलीलाई निवासबाटै पक्राउ गरिएपछि एमाले कार्यकर्ताहरूले केही दिन प्रदर्शन गरे पनि अपेक्षित रूपमा आन्दोलन विस्तार हुन सकेको छैन ।

यसबीच पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको, नेतृत्वप्रति प्रश्न उठ्न थालेको र आत्मसमीक्षाको आवाज बलियो बन्दै गएको देखिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily