Aadarsh-Daily

फेटा गाउँपालिकामा भ्रष्टाचार प्रकरण: तीन जनालाई कैद र जरिवाना, एक जना सफाइ

ad-4p
content left

विशेष अदालत ले बारा जिल्लाको फेटा गाउँपालिका मा भएको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ।

गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत बोलपत्र आह्वानसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि तथा उक्त संस्थाका प्रबन्ध निर्देशक नवराज निरौला लाई दोषी ठहर गरेको हो।

न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठउमेश कोइराला को इजलासले मुख्य दोषी गौरी शंकर कुमार सिंहलाई ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना गर्ने फैसला सुनाएको छ।

त्यस्तै, मतियारको भूमिकामा रहेका नेपाल मिडिया हाउस प्रालि र नवराज निरौलालाई पनि जनही ३ महिना कैद र सोही बराबर जरिवाना तोकिएको छ।

साथै, ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम तीनै जनालाई जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ।

उक्त प्रकरणमा मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ।

२०७९ कात्तिक २० गते ‘सौर्य दैनिक’ पत्रिकामा कृषि विद्युतीकरण कार्यक्रमका लागि पोल गाड्ने र तार तान्ने ठेक्काको सूचना प्रकाशित भएको भनी झुट्टा बिल तथा भरपाई तयार पारिएको थियो। सोही आधारमा १ लाख ४२ हजार १६० रुपैयाँ सरकारी रकम भुक्तानी लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मुद्दा दायर गरेको थियो।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily