Aadarsh-Daily

२४ घण्टामै स्मार्ट लाइसेन्स दिने सरकारको घोषणा, तर पुराना काम अझै अधुरै

ad-4p

काठमाडौं — सरकारले सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) अब २४ घण्टाभित्रै छापेर वितरण गर्ने तयारी गरेको छ। यातायात व्यवस्था विभागले सेवाग्राहीलाई वर्षौँसम्म कुर्नुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित नयाँ प्रणाली लागू गर्न लागेको हो।

content ad p2

विभागका निर्देशक केशव खतिवडाका अनुसार राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापिने गरी सफ्टवेयर प्रणाली परिमार्जन गरिएको छ। उनले राजस्व तिरेपछि सोही दिन डाटा मुद्रण केन्द्रमा पठाइने र राति वा भोलिपल्ट बिहानसम्म कार्ड छापेर उपलब्ध गराइने जानकारी दिए।

सरकारले सार्वजनिक गरेको एक सय कार्यसूचीमा समेत लाइसेन्स वितरणलाई छिटो, सहज र प्रभावकारी बनाउने योजना समावेश गरिएको छ। साथै, कुरिअरमार्फत सेवाग्राहीको घरमै लाइसेन्स पुर्‍याउने व्यवस्था पनि गरिने बताइएको छ।

content left

यद्यपि, ट्रायल पास गरेपछि होइन, राजस्व बुझाएपछि मात्र लाइसेन्स छपाइ प्रक्रिया सुरु हुने छ। राजस्व बुझाउन १८ महिनाभन्दा बढी ढिलाइ गरे लाइसेन्स स्वतः खारेज हुने कानुनी प्रावधान रहेको विभागले जनाएको छ।

तर, सरकारको यो घोषणा कार्यान्वयन हुनेमा भने शंका उब्जिएको छ। हाल देशभर करिब २९ लाख लाइसेन्स छाप्न बाँकी छन्। सुरक्षण मुद्रण केन्द्रसँग भएको सम्झौताअनुसार ६ महिनामा १२ लाख लाइसेन्स छाप्नुपर्नेमा हालसम्म करिब ३ लाख मात्र छापिएको छ।

छपाइमा ढिलाइ हुनुको कारण प्राविधिक समस्या, पुरानो सर्भर र आगजनीबाट उपकरणमा पुगेको क्षतिलाई विभागले औँल्याएको छ। नयाँ सर्भर खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको छ।

यातायात व्यवस्था विभागले असार मसान्तभित्र सबै ‘ब्याकलग’ लाइसेन्स छापिसक्ने लक्ष्य राखेको छ। हाल दैनिक ४० हजारको दरले लाइसेन्स छापिँदै आएको र यसलाई बढाएर ६० हजार पुर्‍याउने तयारी भइरहेको जनाइएको छ।

सुरक्षण मुद्रण केन्द्रका अनुसार आगामी साउन १ गतेदेखि सेवाग्राहीले ‘रसिद’ वा ‘चिट’ बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य गरिनेछ। त्यसपछि नयाँ आवेदकले प्रक्रिया पूरा गरेको २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स पाउने व्यवस्था कार्यान्वयनमा आउने दाबी गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily