Aadarsh-Daily

पेट्रोलियम मूल्य वृद्धि: पेट्रोल १७, डिजेल–मट्टितेल २५, ग्यास १०० रुपैयाँ थपियो

ad-4p
content left

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको जनाएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि भई काठमाडौं (तेस्रो वर्ग) मा अब प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ। यसअघि २०२ रुपैयाँ रहेको थियो। यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि गरिएको छ, जसअनुसार तेस्रो वर्ग क्षेत्रमा प्रतिलिटर २०७ रुपैयाँ पुगेको छ। पहिलो र दोस्रो वर्गका क्षेत्रमा पनि सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाएर १ हजार ५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरी २५७ रुपैयाँ तोकिएको छ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिएको भए पनि निगमको आर्थिक अवस्था सुधार हुन नसकेको जनाएको छ। मूल्य समायोजनपछि पनि निगमलाई प्रत्येक १५ दिनमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि, ढुवानी खर्च तथा विनिमय दरको प्रभावका कारण लागत उच्च भएकाले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको निगमले स्पष्ट पारेको छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily