Aadarsh-Daily

विद्यालय भवनमा ८ वर्षपछि अन्त्य, वडा ८ कार्यालय आफ्नै भवनमा स्थानान्तरण

ad-4p

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ को वडा कार्यालय अब आफ्नै नवनिर्मित भवनमा सञ्चालनमा आएको छ। करिब ८ वर्षदेखि विद्यालय भवनमा कोठा लिएर सञ्चालन हुँदै आएको वडा कार्यालय शुक्रबारदेखि औपचारिक रूपमा नयाँ भवनमा स्थानान्तरण गरिएको हो।

content ad p2

महानगरपालिकाको ८४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दुई तल्ले सुविधासम्पन्न भवनको उद्घाटन मेयर राजेशमान सिंहले गरेका हुन्। उद्घाटन समारोहमा हिन्दु परम्पराअनुसार पूजापाठ गरी भवन सञ्चालनमा ल्याइएको वडाध्यक्ष रितेश गुप्ताले जानकारी दिए।

content left

नयाँ भवनमा जम्मा ७ वटा कोठा रहेका छन्। यसअघि वडा कार्यालय रात्री माविको भवनमा मात्र तीन वटा कोठामा सीमित भएर सञ्चालन हुँदै आएको थियो। भवन अभावका कारण सेवाग्राहीलाई सेवा लिन कठिनाइ हुँदै आएको थियो।

वडाध्यक्ष गुप्ताका अनुसार अब आफ्नै भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीलाई सहज, व्यवस्थित र छिटो सेवा दिन सकिनेछ। साथै कार्यालयको कामकाजमा पनि सहजता आउने उनले बताए।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार विद्यालय भवनमै वडा कार्यालय सञ्चालन हुँदा विद्यार्थी र सेवाग्राही दुवैलाई असुविधा हुँदै आएको थियो। अब नयाँ भवन सञ्चालनमा आएपछि दुवै पक्षलाई सहज भएको छ।

उद्घाटन कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ भवनले वडा सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily