Aadarsh-Daily

संसदको राज्य व्यवस्था समितिमा चार पार्टी प्रमुख एकै ठाउँमा

ad-4p

काठमाडौं: प्रतिनिधिसभाअन्तर्गत गठन भएका विषयगत समितिमध्ये राज्य व्यवस्था तथा सुशासन समितिमा चार प्रमुख दलका शीर्ष नेता एकैसाथ सदस्य बनेका छन्। गत शुक्रबार प्रतिनिधिसभाले १० वटा विषयगत समिति र दुई संयुक्त समितिका सदस्यहरू टुंग्याएसँगै यस्तो संरचना सार्वजनिक भएको हो।

content ad p2

२६ सदस्यीय उक्त समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही सदस्यका रूपमा रहेका छन्।

content left

रवि लामिछाने र प्रचण्ड यसअघि विघटित प्रतिनिधिसभाको कार्यकालमा पनि यही समितिमा रहेका थिए।

समितिमा अन्य सदस्यहरूमा अफ्साना बानु, अमरेश कुमार सिंह, अर्जुननरसिंह के.सी., कमल सुबेदी, करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पद्माकुमारी अर्याल, पुरुषोत्तम सुप्रभात यादव लगायत रहेका छन्।

यस्तै, बिश्वराज पोखरेल, भीष्मराज आङ्देम्बे, मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाईं, रवीन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखा कुमारी यादव, विष्णुमाया बि.क., श्रद्धा कुवर क्षेत्री र हरि ढकाल पनि समितिका सदस्य छन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा प्रमुख दलका शीर्ष नेताहरूको उपस्थिति रहेसँगै नीति निर्माण र सुशासनसम्बन्धी विषयमा थप प्रभावकारी बहस हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily