Aadarsh-Daily

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

ad-4p

मुम्बई: भारतीय संगीत जगतकी चर्चित गायिका आशा भोसले को निधन भएको छ। आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले उनको निधन भएको पुष्टि गरेका हुन्।

content ad p2

कार्डियक अरेस्ट भएपछि शनिबार अस्पताल भर्ना गरिएकी भोसलेको उपचारकै क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।

सन् १९३३ सेप्टेम्बर ८ मा महाराष्ट्रमा जन्मिएकी आशा भोसलेले बाल्यकालदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले दिदी लता मंगेशकर सँगै गायन र अभिनयमा सक्रियता देखाएकी थिइन्।

content left

सन् १९४३ मा मराठी फिल्मबाट पार्श्वगायन सुरु गरेकी उनले १९४८ को फिल्म चुनरिया मार्फत हिन्दी सिनेमामा प्रवेश गरेकी थिइन्। दशकौँसम्म सक्रिय रहँदै उनले गजल, भजन, पप तथा शास्त्रीय संगीतमा आफ्नो अलग पहिचान बनाएकी थिइन्।

उनले २० भन्दा बढी भाषा र करिब १२ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्। ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’‘पिया तू अब तो आजा’ जस्ता उनका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।

सन् २०११ मा Guinness World Records ले उनलाई विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारका रूपमा मान्यता दिएको थियो।

आशा भोसलेको निधनसँगै भारतीय संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily